सिकाई उपलब्धिमा सामुदायिक विद्यालयको अवस्था दयनीय | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सिकाई उपलब्धिमा सामुदायिक विद्यालयको अवस्था दयनीय

school

काठमाडौं, ६ बैशाख । विद्यार्थीको सिकाई उपलब्धिमा सामुदायिक विद्यालय निकै कमजोर रहेको तथ्यांक सार्वजनिक भएको छ । बिहीबार शिक्षा मन्त्रालयमा शैक्षिक गुणस्तर परीक्षण केन्द्रले सार्वजनिक गरेको कक्षा आठको सिकाइ उपलब्धि परिक्षण प्रतिवेदनमा सामुदायिक विद्यालयको अवस्था दयनीय देखिएको हो ।

सिकाइको विभिन्न स्तरमा विद्यार्थीको प्रतिशत मापन गर्दा समग्रमा सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको तुलनामा निजि विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सिकाइ उपलब्धि उच्च देखिएको हो । शैक्षिक गुणस्तर परिक्षण केन्द्रले कक्षा आठमा अध्ययन गरिरहेका २६ जिल्लाका ४६ हजार २ सय ६६ विद्यार्थीको नेपाली गणित र विज्ञान विषयको सिकाइ उपलब्धि मापन गरेको थियो ।

विद्यार्थीहरुलाई विषयगत प्रश्न र विद्यार्थीको पृष्ठभूमि प्रश्न गरि फरक फरक तरिकाले सोधिएको थियो ।वर्ग, क्षेत्र, भूगोल, जातिय आधार, इन्टरनेट पहुँच, लैङ्गिक आधार तथा प्रदेश संरचनाका आधारमा प्राप्त नतिजा विश्लेषण गरिएको केन्द्रले जनाएको छ ।

अध्ययन प्रतिवेदनको सारांश विश्लेषणमा सन् २०१३ मा गरिएको र २०१७ मा गरिएको अध्ययनमा समेत सामुदायिक विद्यालय प्रगति उन्मुख देखिएको छैन । २०१३ को परिक्षणमा नेपाली गणित र विज्ञानमा क्रमशः ४ य ९५, ५ सय ८ र ५ सय २ अंक थियो भने अहिलेको परिक्षणमा ५ सय ४,४ सय ९२,र ४ सय ९९ अंक छ । गणित र विज्ञानको अंक घटेको छ ।

सरकारले विभिन्न दात्री निकायको सहयोगमा विद्यालय क्षेत्र विकाश कार्यक्रम संचालन गर्दै आएको छ । मुलुक भरका १९५० वटा विद्यालयमा गरेको यो परिक्षणले देखाएको नतिजाले शिक्षामा गरेको लगानी खेर गएको पुष्टि हुन्छ ।

प्रदेशका आधारमा विश्लेषण गर्दा समग्रमा प्रदेश नं ३ का विद्यार्थीको सिकाई उपलब्धि उच्च देखिएको छ । सार्वजनिक प्रतिवेदनमा नेपालीमा प्रदेश नम्बर २ कमजोर, गणितमा प्रदेश नं ६ र विज्ञानमा प्रदेश नं १ कमजोर देखिएको छ । प्रदेश ४ को भने सिकाइ उपलब्धि औसत देखिएको छ ।

शैक्षिक गुणस्तर परिक्षण केन्द्रले शैक्षिक सत्र २०६८ देखि नियमित रुपमा विद्यार्थीको सिकाई उपलब्धि परिक्षण गर्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);