जनआन्दोलका सहिद परिवारले सरकारी सेवा सुविधा पाएनन | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८२, बुधवार

जनआन्दोलका सहिद परिवारले सरकारी सेवा सुविधा पाएनन

sahid

सुरेन्द्र भण्डारी
झापा, ६ बैशाख
। ऐतिहासिक जनआन्दोल २०६२-०६३ का सहिद परिवारले सरकारबाट पाउनु पर्ने सेवा सुविधा नपाएको गुनासो गरेका छन् । गणतन्त्रका लागि वलिदान दिएपनि राज्यले उपेक्षा गरेको पीडितहरुको भनाई छ । सरकारले परिचयपत्र बाहेक अन्य सेवा सुविधा नदिँदा पीडित परिवार कष्टकर जीवन बिताउन बाध्य छन् ।

गणन्तत्र स्थापनाका लागि २०६२-०६३ मा भएको जनआन्दोलनका क्रममा झापाको सदरमुकाम भद्रपुरमा बैसाख ६ गते दुई जनाले सहादत प्राप्त गरेका थिए । सेनाले चलाएको गोली लागेर सुरज विश्वास र राजन गिरीले सहादत प्राप्त गरेका थिए । सहिदको वलिदनबाट देशमा गणतन्त्र स्थापना भएर संविधान कार्यन्यन हुँदै नयाँ सरकार बनेको छ । तर गणतन्त्रका लागि लडेका सहिदका परिवारले राज्यले उपेक्षा गरेको गुनासो गरेका छन् ।

सरकारले परिचयपत्र दिएपनि अन्य सेवा सुविधा नदिँदा पीडित परिवारलाई गुजरा चलाउन कठिन भएको छ । राज्यले सहिदका परिवारालाई भत्ताको व्यवस्था गरेपनि सरकारी कार्यालयले विभिन्न कारण देखाउँदै खाली हात फार्काउने गरेको पीडितहरुको भनाई छ ।

सहिदका परिवारले रोजगार, बालबालिकाको लागि शिक्षा र भत्ताको व्यवस्था गर्न माग गरेका छन् । सहिद परिवारको समस्या समाधन गर्न राज्यले नसकेको स्वीकार गर्दै स्थानीय सरकारले पीडितको माग सम्बोधन गर्ने आश्वासन दिएको छ ।

सहिद परिवाका लागि राज्यले पटक पटक सहयोगको आश्वासन दिएको छ । आश्वासन भाषणमा मात्र हैन व्यवहारमा कार्यन्वन गरेमात्र सहिदहरुप्रति सच्चा सम्मान हुने छ ।