चितवन, ५ वैशाख । गृहमन्त्री रामबहादुर थापाले यातायात क्षेत्रमा जस्तै सरकारले अन्य क्षेत्रका सिन्डिकेट पनि अन्त्य गर्ने दाबी गरेका छन् । चितवनको भरतपुर विमानस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री थापाले कसैको पनि सिन्डिकेट सैह्य नहुने बताए ।
गैर नाफामुलक संस्था नाफामुलक भैरहेको भन्दै गृहमन्त्री थापाले त्यसतर्फ सरकार सजग रहेको बताए । गृहमन्त्री थापाले देशमा शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध रहेको बताए ।