नेपालमा कहिले आउँछ पाइपबाट तेल ? | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

नेपालमा कहिले आउँछ पाइपबाट तेल ?

gas pipe line

काठमाडौं, ५ बैशाख । बहुप्रतिक्षित मोतिहारी–रक्सौल अमलेखगंज पेट्रोलियम पाइपलाइन निर्माण आयोजनामा पाइप गाड्ने कार्य सुरु भएको छ ।

मंगलबार सिमरामा बाराका प्रमुख जिल्ला अधिकारी विजय नारायण मानन्धरले पाइप गाड्ने कार्यको शिलन्यास गरे । गत फागुन २३ देखि आयोजनाले पाईपको वेल्डिङ कार्य सुरु गरेको थियो । जीतपुरसिमरा उपमहानगरपालिका २ स्थित तराई यातायात व्यवसायी संघको धर्मकाँटा नजिकबाट सोमवार खाडल खन्ने कार्य सुरु गरिएको थियो ।

आयोजना सम्पन्न गर्न छोटो समयमा भारतीय पक्षले गरेको कामको बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले प्रशंसा गरे । नेपाल आयल निगमको सिमारास्थित पेट्रोलियम पाइपलाइन आयोजना कार्यालयका आयोजनाविज्ञ शरदकुमार पौडेलले पाइपलाइन विस्तार कार्य आगामी १५ महिनाभित्र सक्ने लक्ष्य रहेको जानकारी दिए । आजको नयाँ पत्रिकामा समाचार छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);