बंगुर फार्म नमुना बन्दै | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

बंगुर फार्म नमुना बन्दै

bangur farm

रामेछाप, ४ बैशाख । मन्थली नगरपालिका वडा नम्बर १३ देवीटारमा युवाहरुले संचालन गरेको बंगुर फार्म नमुना बन्दै गएको छ । युवाहरुले सामुहिक लगानी गरी खोलेको फार्ममा २० वटा माउ बंगुर रहेका छन् ।

चारजनाको संयुक्त लगानीमा फार्म ५० लाख रुपैयाँको लगानीमा संचालन गरिएको छ । आधुनिक खोर बनाएर पालिएको देवीटारको बंगुर फार्मबाट बार्षिक मासु र पालनको लागि २ सय बंगुर निर्यात भइरहेको छ । १० रोपनी जग्गा भाडामा लिएर संचालन गरिएको फार्म वरिपरि फलफुल तथा तरकारी खेती गरिएको छ । बंगुर फार्मबाट बार्षिक ८ लाख आम्दानी भैरहेको छ ।

बंगुर फार्मबाट निस्कने प्राङगारिक मललाई व्यवस्थापन गर्न गोबर ग्यास बनाइएको छ । साथै जग्गामा केरा, किम्बुलगायतका फलफुलका बोटविरुवा लगाइएको छ । युवाहरुले केहि गरेर देखाउनुपर्छ भन्ने उद्देश्यले आफुहरुले व्यावसायिक काम थालेको व्यवसायीको भनाई छ ।

नगरपालिका भित्र प्रत्येक वडामा एक–एक वटा नमुना व्यावसायिक फार्म संचालन गर्नुपर्ने उनीहरुको भनाई छ । अब नगरपालिका र वडाका जनप्रतिनिधिहरुसँग बसेर उद्यमका विषयमा छलफल गर्ने यूवाहरुको योजना छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);