नगरभित्र सञ्चालनमा रहेका बंगुर फार्म हटाउ चाँगुनारायण नगरपालिकाकाे निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नगरभित्र सञ्चालनमा रहेका बंगुर फार्म हटाउ चाँगुनारायण नगरपालिकाकाे निर्देशन

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाले नगरभित्र सञ्चालन हुँदै आएका बंगुर फार्म हटाउन निर्देशन दिएको छ । बंगुर फार्मले नगरभित्र फाेहाेर/प्रदूषण बढाएको र स्थानीयको स्वास्थ्य अवस्थामा प्रतिकूल असर पारेको भन्दै पालिकाले उक्त निर्देशन दिएको हो । चाँगुनारायण नगरपालिकाले नगरसभाबाट निर्णय गरेर नगरभित्र दर्ता भई र दर्ता नभई सञ्चालनमा आएका सबै बंगुर फार्म हटाउन भनेकाे छ । 

स्थानीय बासिन्दाले बंगुर फार्मबाट फाेहाेर/प्रदूषण बढेको र सो फार्म बन्द गर्न माग गरेको भएकाले पालिकाले उक्त निर्णय भएको नगरपालिकाकाे प्रशासन शाखाका अधिकृत निलाकुमारी घिमिरेले जानकारी दिइन् । उनले सूचना प्रकाशित भएको ३० दिनभित्र फार्म हटाउनुपर्ने र सोबारे नगरपालिकामा जानकारी गराउनुपर्ने समेत बताइन् ।  ३० दिनभित्र बंगुर फार्म नहटाइए पालिकाले कारबाही गर्ने चेतावनी पनि दिइएकाे छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);