खानीको उत्खनन र खोजतलास नगर्ने २० कम्पनीको प्रमाणपत्र रद्द | ईमाउण्टेन समाचार

Our Network

भदौ २२ २०८१, शनिबार

खानीको उत्खनन र खोजतलास नगर्ने २० कम्पनीको प्रमाणपत्र रद्द

khani or vugarba bivag

काठमाडौं, ३ बैशाख । खानी तथा भूगर्भ विभागले समयमा खानीको उत्खनन र खोजतलास नगर्ने २० कम्पनीको प्रमाणपत्र रद्द गरेको छ । चालू आर्थिक वर्षमा खनिज खोजतलास कार्यका लागि अनुमतिपत्र लिए पनि समयमा खोजतलास नगरेपछि अनुमतिपत्र रद्द गरेको हो ।

विभागका अनुसार चालू आर्थिक वर्षमा ३ सय ३१ कम्पनी तथा संस्थालाई खनिज खोजतलास कार्यका लागि अनुमति तथा नवीकरण गरिएको छ । जसमा खानी खोजतलासको प्रमाणपत्र प्रदान ९५, खानी खोजतलास प्रमाणपत्र नवीकरण १ सय ६८, खानी उत्खनन प्रमाणपत्र प्रदान १२ र खानी उत्खनन प्रमाणपत्र नवीकरण ७६ कम्पनी रहेका छन् । यस्तै विभागले चालू वर्षमा खानीका नयाँ इजाजतपत्र प्रदान, नवीकरण, खनिज पदार्थको निकासी, मासिक खनिज उत्खनन तथा नक्सा बिक्रीबापत ९३ करोड ५५ लाख ६१ हजार ७ सय ६८ राजश्व संकलन भएको छ ।

नामटार चुनढुंगा मकवानपुरको विस्तृत अध्ययन सम्पन्न, फलामखानी मकवानपुरको अन्वेषण कार्य सम्पन्न, ड्रिलिङ चुनढुंगा धादिङको ड्रिलङ कार्य भइरहेको, ५० सञ्चालित खानीको अनुगमन भइरहेको र खनिजअन्तर्गत १५ खनिजमा आधारित उद्योग प्रवद्र्धन कार्य भइरहेको विभागले जनाएको छ ।

यसैगरी, प्राकृतिक ग्याँस अन्वेषण गर्न बोलपत्र स्वीकृतिको आशयको सूचना प्रकाशन, धौवादी फलाम खानीको मापन कार्य भइरहेको, महादेवस्थान चुनढुंगा च्यानल नमूना छनोट भइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);