दाहाललाई आफ्नैको दबाब, तनाब छल्न छैठौँ पटक सुकुटेमा ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८३, शुक्रबार

दाहाललाई आफ्नैको दबाब, तनाब छल्न छैठौँ पटक सुकुटेमा !

prachanda

काठमाडौं, ३ बैशाख । भोटेकोसी किनारको सुकुटे बीच र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सम्बन्ध अनौठो छ । राजनीतिक तनाव भयो कि, दाहाल रिफ्रेस हुनु हरके पटक सुकुटे पुग्ने गर्छन् । यसपटक पनि दाहाल तनाव साम्य पार्न आईतबार सकुटे पुगेका हुन् ।

पुर्वनिर्धारित सहमतिअनुसार रानीतिक गतिविधि अघि बढे एमाले माओवादी बीचको पार्टी एकता हुन एक साता मात्रै बाँकी छ । एकतामा जानै लाग्दा दाहालमाथि आफ्नै पार्टीभित्र नेताको दबाब तीव्र छ । एकीकरण हुँदा सैद्धान्तिक रुपमा आत्मसमर्पण भएको नदेखियोस् भन्ने पक्ष छँदै छ, माओवादी केन्द्रका एक उच्च नेताका अनुसार दाहाललाई यतिेला सबैभन्दा ठुलो दबाब नेता व्यवस्थापनमा परेको छ ।

उच्च स्रोतका अनुसार एमालेसँग पार्टी एकतापछि केन्द्रीय तह सानो हुने भएपछि आफुलार्य कुनै पनि हालतमा केन्द्रीय तहमा पार्न नेताले दाहाललाई तीव्र दबाद दिईरहेका छन् ।,आजको अन्नपुर्ण पोष्टले यो खबरलाई मुख्य समाचार बनाएको छ ।