सुराकी खर्च नै २ करोड १७ लाख | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

सुराकी खर्च नै २ करोड १७ लाख

griha mantralaya

काठमाडौं, २ बैशाख । गृह मन्त्रालयले आर्थिक वर्ष ०७३÷७४ मा सुराकीमै २ करोड १७ लाख खर्च गरेको महालेखाको प्रतिवेदनले औंल्याएको छ। २२ वर्षअघिको मन्त्रिपरिषद्को निर्णयका आधारमा गृहमन्त्री, गृहसचिव, प्रहरी महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशकले एक वर्षको अवधिमा २ करोड १७ लाख खर्च गरेका हुन्।

गृह मन्त्रालय अधिकारीका अनुसार सुराकी खर्चको नाममा गृहमन्त्री, सचिव र महानिरीक्षकले आफूखुसी खर्च गर्ने परिपाटी पछिल्लो समय बढ्दै आइरहेको छ। सुरक्षा अवस्था देखाएर उनीहरूले सो रकम आफूअनुकूल खर्चंदै आएको बताइएको छ।

मन्त्रिपरिषद्को ०५० साल जेठ १३ को निर्णयमा शान्ति सुरक्षा कायम राख्ने प्रयोजनका लागि गृहमन्त्रीले एक पटकमा ५० हजार, गृहसचिवले २० हजार र प्रहरी महानिरीक्षकले पनि आवश्यकताअनुसार खर्च गर्न पाउने व्यवस्था गरिएको थियो।

त्यही निर्णयलाई टेकेर आर्थिक वर्ष ०७३÷७४ मा सुराकीको नाममा गृहमन्त्रीले ६१ लाख, गृहसचिवले ५३ लाख, प्रहरी महानिरीक्षकले ३ लाख र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखले १ करोड ४० लाख खर्च गरेको महालेखा प्रतिवेदनले औंल्याएको छ। गत वर्ष सुराकीको नाममा २ करोड २८ लाख खर्च गरिएको थियो।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);