यस्ताे छ विक्रम सम्वतको ऐतिहासिक महत्व | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

यस्ताे छ विक्रम सम्वतको ऐतिहासिक महत्व

काठमाडौं, ३० चैत । विश्वभर इस्वी सम्वतमा नयाँ वर्ष मनाइँदा नेपाल मात्र एउटा यस्तो देश हो जहाँ बिक्रम सम्वतलाई आधार मानेर नयाँ बर्ष मनाइन्छ । नेपालीहरुले मनाउने नयाँ बर्ष अर्थात विक्रम सम्वतको आफ्नो छुट्टै ऐतिहासिक महत्व रहेको छ ।

बिक्रम सम्बत हिन्दु पञ्चाङ्गमा आधारित नेपालको राष्ट्रिय पात्रो हो । यो पवित्र हिन्दु परम्परा र बौद्धिक समीक्षाङ्घनमा आधारीत सौर्य पात्रो हो । यस पात्रोमा बर्षको सुरुवात बैशाख महिनाको सुरुवातबाट हुन्छ ।

बिक्रम सम्वत सूर्य मेष राशीमा प्रवेश गरेपछि सुरु हुने र मिन राशीमा पुगेपछी बर्षको अन्त्य हुने प्रचलन छ । तत्कालीन राजा बिक्रमादीत्यले विक्रम सम्बत सुरु गरेको इतिहासमा उल्लेख भएपनि विक्रम भनेको सूर्यको नाम भएकाले यसको सुरुवात विक्रमआदित्यको उदय भन्दा छ सयबर्ष अगाडी नै प्रचलनमा आएको इतिहास तथा सस्कृतविद डा.माधव भट्टराई बताउँछन् ।

नेपालमा राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालाबाट आधिकारिक रुपमा शुरु भएको बिक्रम सम्वतको आफ्नै महत्व रहेको छ । बिक्रम सम्बत सूर्यसँग जोडीएकोले यसको आफ्नै विशेषता रहेको पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतम बताउँछन् ।

नयाँ बर्ष मनाउने विश्वका अरु देशमा ईस्वी सम्वतलाई आधार मानेर नयाँ पात्रोको शुरुवात हुने गरेको छ भने नेपालमा विक्रम सम्वतलाई आधार मानेर पात्रो बनाउने चलन छ । नेपालमा विक्रम सम्वतकै आधारमा बिभिन्न चाड पर्व मनाउने गरिन्छ । यसले नेपालको आफ्नै मौलिक पहिचान दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);