यस्तो रह्यो २०७४ सालमा पुननिर्माणको अवस्था | ईमाउण्टेन समाचार

Our Network

पुष १४ २०८१, आइतबार

यस्तो रह्यो २०७४ सालमा पुननिर्माणको अवस्था

ranipokhari

फूलमाया आले
काठमाडौं, ३० चैत । नेपाली पात्रो अनुसार आजबाट २०७४ सालको बिदाई गरिँदैछ । २०७२ साल वैशाख १२ गते गएको भूकम्पले भौतिक संरचनामा पुर्याएको क्षतिको पुनर्निर्माण गर्ने क्रम जारी नै छ । २०७४ साल भरिमा पुनर्निर्माणको काम कस्तो रह्यो त ?

राष्ट्रिय पुननिर्माण प्राधिकरणले भौतिक संरचनाको पुननिमार्णका लागि विभिन्न किसिमका अभियानहरु पनि सञ्चालन गरिरहेको छ । सञ्चालन गरिएका अभियानमध्ये निजी आवास पुनर्निर्माणको कार्य तीव्र रुपमा र उत्साहजनक रुपमा अगाडि बढिरहेको प्राधिकरणले जनाएको छ । जम्मा ७ लाख ६७ हजार ७ सय ५ लाभग्राहीको घरमध्ये ४ लाखभन्दा बढी घर निर्माणाधीन अवस्थामा छन् । १ लाख १४ हजार भन्दा बढी निर्माण सम्पन्न भएका छन् । ३ लाख ४६ हजार घरहरु दोस्रो किस्ताको निम्ति प्रमाणिकरण भइसकेको प्राधिकरणले जनाएको छ ।

मनसुन सुरु हुनुभन्दा पहिलासम्म निर्माण हुन सङ्ख्या र किस्ता प्राप्त हुने सङ्ख्या तीव्र रुपमा बढ्दै जाने अपेक्षा रहेको छ । अघिल्लो आर्थिक वर्षमा सुरु भएर यो आर्थिक वर्षमा सम्पन्न भएका घरहरुको सङ्ख्या धेरै छ । यस्तै २०७३ साल चैत्र देखि २०७४ साल चैत्र १८ सम्मको निर्माण कार्य सुरु भएका घरहरुको संख्या पनि बढ्दै गएको देखिन्छ ।

गत वर्षको चैतमा ४५ हजार ८२ घर निर्माण सुरु भएकोमा यस वर्षको चैत्रसम्ममा ३ लाख ८८ हजार १७ घरको निर्माण कार्य सुरु भएको छ । अर्कोतिर पुरातात्विक सम्पदाको पुनर्निर्माणको विषय निकै पेचिलो बनेको छ । सम्पदा पुनर्निर्माणका लागि यो वर्ष पनि निराशाजनक नै रह्यो । ७ सय ५३ वटा सम्पदाको पुनर्निर्माण गर्नुपर्नेमा अहिलेसम्म करिब एक सयमात्र निर्माण गरिएका छन् । ३ सय ३९ निर्माण कार्य जारी रहेको तथा ३ सय २४ वटा सम्पदा पुनर्निर्माणको प्रक्रिया सुरु हुन नै बाँकी छ ।

शैक्षिक संस्थाको पुननिमार्ण गर्नुपर्ने संख्या ७ हजार ५ सय ५३ रहेकोमा ३ हजार १ सय ५७ पुननिमार्ण सम्पन्न भएको, २ हजार ३५ निमार्णधीन अवस्थामा रहेको तथा २ हजार ३ सय ६१ पुननिमार्णको प्रक्रिया सुरु हुन बाँकी रहको प्राधिकरणको तथ्याङ्क छ । साथै १ हजार १ सय ९७ स्थास्थ्य संस्थाहरुको पुनर्निर्माण गर्नुपर्नेमा ५ सय ८६ वटा सम्पन्न भएको, १ सय ८० निमार्णधीन अवस्थामा रहको, ४ सय ३१ पुननिमार्णको प्रक्रिया सुरु हुन बाँकी छ ।

भुकम्पपछिको पुननिमार्णका लागि १६ वटा दातृ निकायले आर्थिक सहयोग गरेका छन् । यस आर्थिक वर्षमा १६ वटा दातृ निकायले आर्थिक वर्ष २०७२÷७३ देखि चालू आर्थिक वर्ष सम्ममा जम्मा १ खर्ब २८ अर्ब ६३ करोड १७ लाख ३७ हजार ५५ रुपैया बजेट तथा खर्च व्यवस्थाजन गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);