प्रदेश नंं ५ को समग्र अवस्था समेटिएको स्थितिपत्र ल्याइयो, उर्जामा कमजोर | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८३, शुक्रबार

प्रदेश नंं ५ को समग्र अवस्था समेटिएको स्थितिपत्र ल्याइयो, उर्जामा कमजोर

shankar pokheral

काठमाडौं,३० चैत । प्रदेश सरकारले प्रदेश नंं ५ को समग्र अवस्था समेटिएको स्थितिपत्र ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले बिहीबार प्रदेशसभा बैठकले १८ पृष्ठ लामो स्थितिपत्र प्रस्तुत गरेका हुन् ।

खाद्यान्न र तेलहन उत्पादनका हिसाबले प्रदेश ५ सबैभन्दा अगाडि र उर्जा उत्पादनमा छैठौं स्थानमा रहेको स्थिती पत्रमा उल्लेख गरिएको छ । अन्य अधिकांश सूचकांकमा चौथो स्थानमा रहेको मुख्यमन्त्री पोखरेलको भनाई छ । राष्ट्रिय औषतको हिसाबले तुलना गर्दा कतिपय क्षेत्रमा भने यो प्रदेश धेरै पछाडि रहेको स्थितीपत्रमा लेखिएको छ ।

प्रदेशभित्र पनि अन्तरजिल्लागत विभेद र असमानता ज्यादै उच्च देखिएको प्रदेश सरकारले बताएको छ । स्थिति पत्रमा प्रदेशको आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक लगायतका क्षेत्रको अवस्था उल्लेख छ ।

ताजा समाचार