पदीय चुनौतीलाई अवसरमा परिणत गरी शान्ति सुरक्षाको अवस्थामा सुधार गर्ने प्रतिबद्धता | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

पदीय चुनौतीलाई अवसरमा परिणत गरी शान्ति सुरक्षाको अवस्थामा सुधार गर्ने प्रतिबद्धता

sarbendra-sailendra

काठमाडौं, २९ चैत । नेपाल प्रहरी र सशस्त्र प्रहरीका नयाँ महानिरीक्षकले पदीय चुनौतीलाई अवसरमा परिणत गरी शान्ति सुरक्षाको अवस्थामा सुधार गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले विहिबार गृहसचिव प्रेमकुमार राईबाट दज्र्यानी चिन्ह ग्रहण गरेपछि शान्ति सुरक्षाको अवस्थामा सुधार गर्ने प्रतिबद्धता जनाएका हुन् । उनिहरुले प्रहरी संगठनलाई जवाफदेही र पारदर्शी बनाइ सुशासन कायम गर्ने सरकारको लक्ष्यमा पूर्णरुपमा सहयोग गर्ने बताए ।

सरकारले खनालद्वयलाई गत सोमबार महानिरीक्षकमा बढुवा गरेको थियो । खनालद्वयले दज्र्यानी चिन्ह पाएलगत्तै आ आफ्नो मुख्यालय पुगेर पद्भार ग्रहण गर्नुभएको छ । मुख्यालय पुग्दा नेपाल प्रहरीका महानिरीक्षक सवेन्द्र खनाल र सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाललाई उच्च अधिकृतहरुले स्वागत गरेका थिए ।

नेपाल प्रहरीले प्रहरी महानिरीक्षक खनालले पदभार ग्रहण गरेको समाचार संकलन गर्न प्रहरी मुख्यालय पुगेका संचारकर्मीलाई भवनमा प्रवेश गर्न दिएन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);