बुधबार प्रदेश २ सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुने | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८१, आइतबार

बुधबार प्रदेश २ सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुने

जनकपुरधाम, २७ चैत । बुधबार प्रदेश २ को सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । प्रदेश सभाका सभामुख सरोज यादवले बुधबार प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुने कार्यसूचि तय गरिएको जानकारी दिए ।

प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले बुधबार विहान ११ बजे बोलाइएको प्रदेशसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् ।

सभामुख यादवले सरकारको नीति तथा कार्यक्रम पेश गर्ने बैठकमा आ– आफ्नो भाषा र संस्कृति झल्कने खालका पोशाकमा आउन पनि सांसदहरुलाई आग्रह गरेका छन् ।

प्रदेशसभाको मंगलबारको बैठकमा मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका सर्तसम्बन्धि कानुनी व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित भएको थियो ।

प्रदेशसभाको बैठकको सुरुमै बोल्दै आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्रकुमार यादवले नागरिकका विभिन्न समस्यालाई सरकारले सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरे । मन्त्री यादवले अपराध गर्नेहरुलाई कानुन बमोजिम कार्वाही हुने चेतावनी समेत दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);