काठमाडौं, २७ चैत । पाकिस्तान सरकारले नेपालका २ सय ५० विद्यार्थीलाई छात्रवृति प्रदान गरेको छ ।
मंगलबार काठमाडौंस्थित पाकिस्तानी दूतावासमा आयोजित कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदूत मजहर जावेद र शिक्षा मन्त्रालयका सचिव खगराज बरालले विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरेका छन् ।
छात्रवृतिको रकम १० हजार रहेको छ । सो अवसरमा राजदूत जावेदले पाकिस्तानले दिँदै आएको छात्रवृतिको रकम अर्को बर्ष दोव्वर बनाउने बताए ।




