जिल्ला पशु सेवा कार्यालय कालिकोटले आर्थिक अनियमिता गरेको खुलासा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

जिल्ला पशु सेवा कार्यालय कालिकोटले आर्थिक अनियमिता गरेको खुलासा

money

कालिकोट, २६ चैत । जिल्ला पशु सेवा कार्यालय कालिकोटले कृषि तथा खाद्य सुरक्षा परियोजनामा अनियमिता गरेको खुलासा भएको छ । कार्यालयले बास्तविकलाई नदिएर नक्कली कृषकलाई ९० लाख रकम वितरण गरेको पाइएको हो । जिल्ला पशु सेवा कार्यालयका कर्मचारी, जनप्रतिनिधि र नक्कली कृषक मिलेर अनियमितता गरेको पाइएको हो ।

तीन लाख अनुदान पाउने कृषकलाई १५ हजार र २ लाख ७५ हजार अनुदान पाउनेलाई १३ हजार भनेर अनुदान दिइएको छ । अनुदानको रकम पाएका कृषकले व्यवसाय नै संचालन गरेका छैनन् । जिल्ला पशु सेवा कार्यालय बुधबार खारेज हुँदै छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);