पर्वतको जलजलामा सुत्केरी गाईभैंसीलाई पोषण भत्ता दिने कार्यक्रम प्रभावकारी बन्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पर्वतको जलजलामा सुत्केरी गाईभैंसीलाई पोषण भत्ता दिने कार्यक्रम प्रभावकारी बन्दै

बिष्णु गौतम,
पर्वत । पर्वतको जलजला गाउँपालिकाले संचालन गरेको सुत्केरी गाईभैंसीलाई पोषण भत्ता दिने कार्यक्रम प्रभावकारी बन्दै गएको छ। कृतिम गर्भाधारण माध्यमबाट गाईभैंसी नस्ल सुधार गरी उत्पादनमा बढाउन पोषण भत्ता कार्यक्रम प्रभावकारी देखिएको हो ।

गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख दिपक श्रेष्ठले कृतिम गर्भाधारण सेवाप्रति आर्कषक बढाएर पाडा-पाडी र बाच्छा-बाच्छी पाल्नलाई संचालन गरेको बताएका हुन । कृतिम गर्भाधान गराएका गाईभैंसीबाट जन्मिएका पाडापाडी र बाच्छाबाच्छी चार महिना पालेपछि अनुदान दिने गरेको हुँदा कृतिम पाडापाडी पाल्न थालेको श्रेष्ठले बताएका हुन् ।

गत आर्थिक बर्ष २०७७ मा ७२ जना कृषकलाई पाडापाडी र बाच्छा बाच्छी हुर्काए बापत पोषण भत्ता २ हजार ५ सय रुपैंयाका दरले कुल एक लाख ८० हजार रुपैंया वितरण गरेको पुशु सेवा शाखाले जनाएको हो ।

जनप्रतिनिधि र पशु सेवा प्राबिधिकले बाच्छा बाच्छी र पाडापाडीको अनुगमन गरेर अनुदान उपलब्ध गराउृने कार्यबिधि रहेको जनाएको छ । नस्ल सुधारका लागि कृति गर्भाधान कार्यक्रमका अलवा पनि उनत जाताका राँगो र बोका समेत बितरण गरेको जनाउदै आठ ओटा समुहलाई बितरण गरेको हो ।

आठ ओटा समुहलाई राँगो खरिद गर्न ३० हजारका दरले अनुदान दिएको छ । २० जना कृषकले गोठ सुधार गर्न रु २५ हजारका दरले अनुदान पाएका छन् । पालिकालाई मासु दुध र अण्डामा आत्मनिभर बनाउ बाख्रा गाईभैंसी र कुखुरापालनको पकेट क्षेत्र बनाएर कार्यक्रम संचालन गरेको छ ।

उत्पादन लागत घटाउन घासमा आधारीत पशुपालनका लागि बहुवर्षै डाले घास र भुइ घास खेती विस्तारका लागि बिउ र बिरुवा बितरण गरेको छ।

वार्षिक १९ लाख ५२ हजार ३१४ लिटर दुध आवश्यक पर्नै जलजला गाउँपालिका दुधमा आत्म निर्भर बनेर निकासी गर्नै अवस्थामा रहेको जलजला पशु सेवा शाखाले जनाएको छ । पशु मात्रै नभएर जलजला गाउँपालिका तरकारी र सुन्तला पकेट क्षेत्र पनि रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);