दाङको तुलसीपुरमा आधुनिक अटो भिलेज बन्ने | ईमाउण्टेन समाचार

Our Network

माघ २८ २०८२, बुधवार

दाङको तुलसीपुरमा आधुनिक अटो भिलेज बन्ने

auto village dang

दाङ, २५ चैत । दाङको तुलसीपुर उपमहानगरपालिकामा आधुनिक अटो भिलेज बनाउन सुरु गरिएको छ । पातुखोलाको दायाँ र बाँया किनारमा अटो भिलेज बनाउने भएकाले अहिले तटबन्ध गर्ने काम भइरहेको निर्माण समितिले जनाएको छ ।

५ बिघाह क्षेत्रफलमा निर्मण थालिएको अटो भिजेल निर्माणका लागि तुलसीपुर उपमहानगरपालिकाले २० लाख बजेट बिनियोजन गरेको छ । निर्माणका लागि १ सय २५ जना अटो पार्टस व्यवसायीले पनि २० लाख रुपैयाँ संकलन गरेका छन् ।

तटबन्धमा मात्रै करिब ३ करोङ रुपैंया खर्च हुने र अटो भिलेज निर्माण भइसक्दा सम्म करिब ७ करोङ रुपैंया खर्च हुने अनुमान छ । एक वर्ष भित्रमा निर्माण समपन्न गर्ने लक्ष्य छ ।