मलेसियाको संसद विघटन, आमनिर्वाचनको बाटो खुला | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

मलेसियाको संसद विघटन, आमनिर्वाचनको बाटो खुला

एजेन्सी, २३ चैत । मलेसियाका प्रधानमन्त्री नजिब रजाकले संसद् विघटन गर्नुभएको छ । संसद विघटन भएसँगै मलेसियामा आमनिर्वाचनको बाटो खुलेको छ । नयाँ निर्वाचन भने संसद् विघटन भएको ६० दिनभित्र गरिसक्नुपर्ने प्रावधान छ ।

मलेसियाको निर्वाचन आयोगले एक हप्ता भित्र निर्वाचनको मिति घोषणा गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । अबको निर्वाचनमा प्रधानमन्त्री रजाकलाई पूर्वप्रधानमन्त्री महाथिर मोहमदले चुनौती दिने अनुमान गरिएको छ ।

प्रधानमन्त्री रजाकले सरकारसँग सम्बन्ध भएको कम्पनीमा अर्बौँ डलरको भ्रष्टाचार गरेको काण्डले लोकप्रियता घटेको अन्तराष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् ।