तराई-मधेस द्रुतमार्गः डिपीआरका लागि इओआई आह्वान | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

तराई-मधेस द्रुतमार्गः डिपीआरका लागि इओआई आह्वान

first track sena

काठमाडौं,२३ चैत । तराई मधेस द्रुतमार्ग फास्ट ट्रयाक निर्माणको जिम्मा पाएको नेपाली सेनाले विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) निर्माणका लागि एक्सप्रेसन अफ इन्ट्रेस्ट (इओआई) आह्वान गरेको छ ।

सेनाले १५ दिनभित्र निवेदन प्राप्त हुने गरी स्वदेशी तथा विदेशी कम्पनीबाट इओआई आह्वान गरेको हो । सेनाले डिपीआर निर्माणका लागि निश्चित मापदण्ड बनाएको छ । समाचारमा भनिएको छ, उक्त मापदण्डभित्र पर्ने कम्पनीले इओआई निवेदन दिन सक्ने सेनाले जनाएको छ ।

आवेदक कम्पनीको प्रारम्भिक प्रतिवेदन मूल्यांकन गरी मापदण्ड पूरा गर्नेलाई डिपीआर निर्माणको जिम्मा दिने सेनाले जनाएको छ । आजको नागरिक दैनिकको पृष्ठ ३ मा यो समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);