बेलायतमा न्यूनतम ज्यालामा वृद्धि | ईमाउण्टेन समाचार

Our Network

जेठ २६ २०८३, बुधवार

बेलायतमा न्यूनतम ज्यालामा वृद्धि

working london

काठमाडौं, २१ चैत । बेलायतले कामदारको न्यूनतम ज्याला वृद्धि गरेको छ । १ अप्रिलदेखि लागू हुने गरी ज्याला वृद्धि गरेको हो । अब २५ बर्षमाथिका कामदारको न्यूनतम ज्याला प्रतिघण्टा ७ दशमलव ५० पेन्स बाट बढाएर ७ पाउन्ड ८३ पेन्स पुर्याइएको छ ।

जुन गत बर्षको तुलनामा ४ दशमलव ७ प्रतिशत वृद्धि हो ।  यो घोषणाले पूर्णकालिन कामदारको बार्षिक आय करिब ६ सय पाउन्ड थपिने र कम्तीमा २० लाख कामदार लाभान्वित हुने अपेक्षा गरिएको छ ।

१८ बर्ष उमेरका कामदारलाई ५ पाउन्ड ६० पेन्सबाट ५ पाउन्ड ९० पेन्स वृद्धि गरिएको छ । आजको कान्तिपुरको अर्थ वाणिज्य पृष्ठमा यो समाचार छापिएको छ ।

ताजा समाचार