कर्मचारीले जथाभावी विदेश भ्रमण गर्न थालेपछि.. | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कर्मचारीले जथाभावी विदेश भ्रमण गर्न थालेपछि..

bidesh yatra

काठमाडौं, २१ चैत । कर्मचारीहरुले जथाभावी विदेश भ्रमण गर्न थालेपछि सरकारले त्यसमा कडाइ गर्ने तयारी अघि बढाएको छ ।
लाखौं रकम खर्च गरेर विदेश भ्रमण गर्ने कार्य रोक्न कार्यविधि ल्याउन लागिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

यसका लागि सोही कार्यालयका सचिव प्रेमकुमार राईको संयोजकत्वमा गठित समितिले कार्य शुरु गरेको खबर आज प्रकाशित एक दैनिक पत्रिकामा छापिएको छ । उनले भने, एउटै कर्मचारी धेरैपटक जानेदेखि बजेट सकाउन अध्ययन भ्रमण हुने क्रम बढेपछि कडाई गर्न लागेका हौं ।

सो समितिलाई १५ दिने म्याद दिइएको छ । समाचारमा लेखिएको छ, समितिले दिएको सुझाव प्रतिवेदनका आधारमा कार्यविधि बनाउने समितिले जनाएको छ । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो समाचार छापिएको छ,

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);