काठमाडौं, २० चैत । नेपाल वायुसेवा निगमले आगामी जुनको दोस्रो सातासम्ममा दुई वटा वाईड वडी जहाज सञ्चालनमा ल्याउने जनाएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी निगमले अन्तर्राष्ट्रिय क्षेत्रमा थप सेवा विस्तार गर्न दुई वटा वाईड वडी जहाज सञ्चालन गर्न लागेको जनाएको हो ।
निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले अन्तर्राष्ट्रिय र आन्तरीक दुवैतर्फ सेवा बृद्धि गर्न आगामी १८ महिनाभित्र ६ वटा टुइनटर र थप २ वटा ए ३२०–२०० विमान खरिद गर्न प्रक्रिया सुरु गरेको बताए ।
त्यस्तै निगमले हवाई सुरक्षालाई प्राथमिकता दिँदै इन्जिनियरिङ र सञ्चालनतर्फ १-१ जना विदेशी विज्ञलाई करारमा नियुक्त गर्ने जनाएको छ । मर्मतसम्भारतर्फ पनि निगमले अन्य एयरलाइन्सले गर्ने गरेको बढी प्रभावकारी प्रणाली अंगिकार गरेको जनाएको छ ।