कुल लगानीको २५ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था भएपनि साढे १६ प्रतिशत मात्रै लगानी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कुल लगानीको २५ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था भएपनि साढे १६ प्रतिशत मात्रै लगानी

bank

काठमाडौं, २० चैत । बैंकहरुले कुल लगानीको २५ प्रतिशत राज्यको प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको भए पनि उत्पादनशिल क्षेत्रमा अहिलेसम्म साढे १६ प्रतिशत हाराहारी मात्रै लगानी गरिएको छ । राष्ट बैकले २०७५ असार मसान्तसम्म २५ प्रतिशत ऋण लगानी अनिवार्य गरेसगै अर्थमन्त्रालयले बैंकिङ प्रणालीबाट उत्पादनशिल क्षेत्रमा गएको ऋण कम भएको भन्दै त्यसलाई बढाउने भएको हो ।

२०७५ असार मसान्तसम्म राष्ट्र बैकले विभिन्न बैक तथा वित्तिय संस्थाहरुको उत्पादनशील क्षेत्रमा ऋण लगानी २५ प्रतिशत अनिवार्य रुपमा पर्याउनै पर्ने व्यवस्था गरेको हो । तर कतिपय बैंकले तोकिएको सीमासम्म ऋण बिस्तार गर्न नसक्ने देखिएको छ । देखिएपछि राष्ट्र बैंकले एक बैंकबाट अर्को बैंकमा ऋण स्वापु गरेर पनि पर्याउन सकिने सहुलियत देखिएको छ । नेपाल राष्ट्र बैकका पुर्व गर्भनर समेत रहेका अर्थमन्त्री डाक्टर युवराज खतिवडाले श्वेतपत्र मार्फत बैक तथा वित्तिय संस्थाले उत्पादनशील क्षेत्र २५ प्रतिशत लगानी गर्नु पर्ने व्यवस्था कम भएको भएपनि हाल सम्म १६ प्रतिशत मात्र उत्पादनशील क्षेत्रमा लगानी गएको भन्दै वित्तिय क्षेत्रले सरकारको उत्पादनशील क्षेत्रमम ऋण लगानी बढउन आवश्यक रहेको बताएका थिए  ।

सोही अनुरुप अब राष्ट्र बैकले कुनै एक बैकले गरेको उत्पादनशील क्षेत्रको लगानी २५ प्रतिशत नपु¥याउने बैकले अन्य बैकले गरेको ऋण लगानी लिएर आफ्नो ऋण लगानी प्रतिशत पु¥यान सक्ने सहुलियत दिएको छ । माघ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल ऋण लगानी २२ खर्ब ४३ अर्ब रुपैयाँ छ । यसमध्ये एक खर्ब २० अर्ब अर्थात कुल लगानीको ५ दशमलव ३ प्रतिशत मात्र कृषि क्षेत्रमा गएको छ । राष्ट्र बैंकको ब्यवस्था अनुसार असार मसान्तसम्म बैंकिङ क्षेत्रले कृषिमा १० प्रतिशत ऋण बिस्तार गर्नु पर्छ ।

जलविद्युतमा ६८ अर्ब अर्थात कुल लगानीको ३ प्रतिशत लगानी छ । राष्ट्र बैंकले ५ प्रतिशत पु¥याउन निर्देशन दिएको छ । उत्पादनशिल क्षेत्रमा १६ दशमलव ३ प्रतिशत लगानी भएको छ । निर्माण क्षेत्रमा कुल लगानीको १० दशमलव ६ प्रतिशत लगानी भएको छ । पहिले नै तोकिएको २५ प्रतिशत लगानी बैंकहरुले गर्न नसकिरहेका बेला यो सीमा बढे बैंकहरुलाई थप दवाव पर्ने भएपछि राष्ट्र बैकले ऋण स्वाप निति लिएको हो । राष्ट्र बैंकले २५ प्रतिशतमध्ये १० प्रतिशत कृषिमा, पाँच प्रतिशत उर्जामा, ५ प्रतिशत पर्यटनमा र बाँकी पाँच प्रतिशत अन्य प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्नु पर्ने ब्यवस्था गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);