आज विश्व अटिजम दिवस, नेपालमा पनि मनाईयो | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

आज विश्व अटिजम दिवस, नेपालमा पनि मनाईयो

काठमाडौं, १९ चैत । आज अप्रिल २ अर्थात विश्व अटिजम दिवस, नेपालमा पनि जनचेतना मुलक कार्यक्रम गरि मनाइएको छ । नेपालमा मात्रै तीन लाख बच्चामा अटिजम रहेको अनुमान छ । उपचारका लागि स्वास्थ्य संस्था भन्दा पनि धामीझाँक्रीमा पुग्ने गरेका कारण अटिम हुनेको संख्या बढ्दै गएको छ ।

के हो अटिजम
अटिजम भनेको मस्तिष्कका स्नायु कोषहरुको विकासमा अवरोधका कारण देखिने एक प्रकारको अपाङ्गता हो । जन्मजातै हुने भएकाले बच्चा जन्मिएको १८ देखि २ वर्षभित्र अटिजमको पहिचान गर्न सकिन्छ ।

अटिजम भएका बालबालिकाले अन्य सामान्य बालबालिकाभन्दा भिन्न व्यवहार देखाउँछन् । बालबालिका एक्लै बस्ने, निर्जिव बस्तुसँग खेल्ने, आफन्तको मतलब नराख्ने तथा हाँस्ने, रुने, चिन्तित हुने, ढिपी कस्ने जस्ता लक्षण देखिन्छ ।

नेपालमा करिब ३ लाख बच्चाहरुमा अटिजम
नेपालमा करिब ३ लाख बच्चाहरुमा अटिजम रहेको नेपाल अटिजम केयर सोसाइटिको अनुमान छ । नेपालमा अटिजम भएका बच्च्चाको लागी आवश्यक पर्ने सुधार केन्द्रहरु खुल्न सकेको छैन । धेरै हेरचाह गर्नुपर्ने भएकाले विद्यालयहरु पनि अटिजम मैत्री हुनुपर्ने सरोकारवालाको भनाई छ ।

अटिजम हुनुको मुख्य कारण र उपचारको उपाय
अटिजम हुनुको मुख्य कारण र उपचारको उपाय अहिलेसम्म पत्ता लागेको छैन । यद्यपी वंशाणुगत कारणले पनि अटिजम हुने अनुमान छ । अटिजम भएकालाई सामान्य जीवनमा फर्काउन परामर्शदाता, मनोविज्ञ तथा मनोचिकित्सकलले अन्तर्वार्ता, अध्ययन लगायतका विधिबाट सुधार गर्न सकिन्छ ।

ग्रामिण क्षेत्रमा धामीझाँक्रीकोमा
ग्रामिण क्षेत्रमा अटिजम भएका बालबालिकालाई अभिभावकले स्वास्थ्य संस्था भन्दा पनि धामीझाँक्रीकोमा लैजाने गरेका छन् । समयमा स्वास्थ्य संस्थामा नपुग्दा अटिजम हुनेको संख्या बढ्दै गएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);