प्रधानमन्त्रीको भारत भ्रमणमा १९५० को सन्धिका विषयमा छलफल हुँदैन : थापा | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

प्रधानमन्त्रीको भारत भ्रमणमा १९५० को सन्धिका विषयमा छलफल हुँदैन : थापा

काठमाडौं, १९ चैत । नेपाल–भारत प्रवुद्ध समूहका संयोजक डा. भेषबहादुर थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको मुख्य एजेन्डा आर्थिक समृद्धि हुनुपर्ने बताएका छन् ।

परराष्ट्रविद् समेत रहेका संयोजक थापाले राष्ट्रिय हित र मुलुकको समृद्धि नै प्रधानमन्त्री ओलीको भारत भ्रमणको मुख्य एजेन्डा हुने स्पष्ट पारे । सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा सन् १९५० को सन्धिका विषयमा भने छलफल गरिरहन नपर्ने बताए ।

सन् १९५० को सन्धिमा देखिएको समस्या समाधान गर्ने जिम्मेवारी सरकारले विज्ञहरुलाई दिनुपर्ने उनको तर्क छ ।

संयोजक थापाले पञ्चेश्वर जस्ता परियोजना कार्यान्वयनको कामलाई अघि बढाउन पनि प्रधानमन्त्री ओलीले भारतसँग कुरा गर्नुपर्ने बताए । उनले विगतमा समझदारी भएका तर कार्यान्वयनमा नआएका परियोजनाहरु संचालनमा दुई मुलुकको शीर्ष तहमा छलफल हुनुपर्ने बताए ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारले राष्ट्रिय हितप्रति लिएको अडान नै विदेश नीति हुनुपर्ने संयोजक थापाको भनाई छ । उनले प्रधानमन्त्री ओलीको भारत भ्रमण विगतमा देखिएको तिक्तता हटाउन सफल हुने विश्वास पनि व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);