जाजरकोटमा स्वास्थ्य संस्थाको अवस्था दयनीय | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

जाजरकोटमा स्वास्थ्य संस्थाको अवस्था दयनीय

jajarkot health

सरस्वती गिरी
जाजरकोट, १८ चैत
। जाजरकोटका कतिपय स्थानीय तहमा स्वास्थ्य संस्थाको अवस्था दयनीय छ । आवश्यक पूर्वाधार र जनशक्तिको अभावले स्वास्थ्य संस्था नै ‘थला’ पर्दा विरामीहरु उपचार सेवाबाट बञ्चित भएका छन् ।

पहाडी जिल्ला जाजरकोटको प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा उपचारको लागि आउने बिरामीको बिचल्ली हुने गरेको छ । बिरामी राख्ने सैया र भवन अभावले उपचारको लागि आउने बिरामीहरुको बिचल्ली हुने गरेको हो । तीन सैयाको प्राथमिक स्वास्थ्य केन्द्र दल्लीको भवन निर्माणको काम ७ बर्षदेखि अलपत्र छ । समयमा भवन निर्माण नहुँदा उपचारको लागि आउने बिरामीहरुले सास्ती खेप्नु परेको छ । भवनको अभावमा बिरामीलाई खुल्ला चौरमा उपचार गर्नु परेको स्वास्थ्यकर्मी बताउँछन् ।

प्राथमिक स्वास्थ्य केन्द्रमा आबश्यक भौतिक पूर्वाधारको ब्यवस्था नहुँदा उपचारको लागि आउने बिरामीहरु भरपर्दो स्वास्थ्य सेवाबाट बन्चित भएका छन् । सैयाको अभावले भर्ना गर्नु पर्ने बिरामीलाई समेत घर फर्कनु पर्ने बाध्यता भएको स्थानीयको गुनासो छ । सिकिस्त बिरामीलाई दिनभर खुल्ला चौरमा राखेर उपचार गरे पनि साँझपख भने घर फर्काउने गरिएको छ ।

अस्पताल भएपनि त्यहाँबाट सेवा पाउने आसा मारेका स्थानीयले यसको भरपर्दो व्यवस्थापन गर्नुपर्ने माग गरेका छन् । स्थानीय सरकार आएपनि आफूहरुको समस्या जस्ताको त्यस्तै भएकाले जनप्रतिनिधिले गम्भीर हुनुपर्ने उनीहरुको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);