उदयपुर, १७ चैत । उदयपुरको कटारीमा भएको कटारी मेयर गोल्डकपको उपाधि झापा ११ ले हात पारेको छ । शनिबार भएको फाईनलमा संकटालाई टाईब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै झापा ११ ले उपाधि हात पारेको हो ।
बिजेता झपा ११ ले ५ लाख र उपविजेता संकटाले २ लाख ५१ हजार पुरस्कार पाएको छ । प्रतियोगितामा ८ टिमले सहभागिता जनाएका थिए ।