मोटर बिगारेको भन्दै ६ बर्षकी बालिकालाई गोबर खुवाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

मोटर बिगारेको भन्दै ६ बर्षकी बालिकालाई गोबर खुवाइयो

sad girl

नेपालगन्ज, १५ चैत । कोहलपुर क्षेत्रमा बालिका दुर्व्यवहारका घटना बढेका छन् । गत शनिबार एक १० बर्षीया बालिका बलात्कृत भइन् । प्रहरीले बलात्कार आरोपमा स्थानीय ३० बर्षीय थमबहादुर बुढाथोकीलाई पक्राउ गरेको छ ।

कोहलपुरस्थित दुर्गा खाजा घरनजिकै खेलिरहेकी बालिकालाई प्रलोभनमा पारेर उनले स्कुटरमा राखी गनापुरस्थित खेतमा पुर्याएर करणी गरेको प्रहरीले जनाएको छ । अर्की ६ बर्षीया बालिकालाई पानी तान्ने मोटर बिगारेको भन्दै भैंसीको गोबर खुवाएर दुर्व्यवहार गरिएको छ ।

कोहलपुर नगरपालिका ४ की ५० बर्षीया गीता परियारले गोबर खुवाएको प्रहरीले जनाएको छ । प्रहरीले बालिकालाई गोबर खुवाएको आरोपमा गीतालाई पक्राउ गरेको छ । गीताको घर आँगनमा खेलिरहेकी ती बालिकालाई मोटर बिगारेको आक्रोशमा उनले दुर्व्यवहार गरेकी थिइन् । आजको कान्तिपुरको पृष्ठ ५ मा यो समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);