बेटी पढाऊ, बेटी बचाऊ अभियान : लालबाबु राउत | ईमाउण्टेन समाचार

Our Network

पुष ३ २०८१, बुधवार

बेटी पढाऊ, बेटी बचाऊ अभियान : लालबाबु राउत

मुख्यमन्त्री लालबाबु राउतले सरकारको सय दिने कार्ययोजना सार्वजनिक गर्दै बेटी पढाऊ, बेटी बचाऊ अभियान सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

lal bbau rahut

जनकपुर, १३ चैत । दुई नम्बर प्रदेश सरकारले बेटी पढाऊ, बेटी बचाऊ अभियान चलाउने भएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले सरकारको सय दिने कार्ययोजना सार्वजनिक गर्दै बेटी पढाऊ, बेटी बचाऊ अभियान सञ्चालन गर्ने घोषणा गरेका हुन् । यो योजना अन्तर्गत नयाँ जन्मिने छोरीहरुको हकमा प्रदेश सरकारले विमा कम्पनीसँग साझेदारी गरेर छोरीहरुको शिक्षा बीमा नीति ल्याउनेछ । हिंसामा पर्ने महिलाहरुको सहयोगका लागि मुख्यमन्त्रीको कार्यालयमा महिला सुरक्षा डेस्क स्थापना गरिने कार्ययोजनामा उल्लेख छ ।
मुख्यमन्त्री राउतले शहिद परिवारका लागि एक परिवार, एक रोजगार कार्यक्रम घोषणा गरेका छन् ।उनले आफ्नो प्रदेशका ८ वटै जिल्लामा कम्तिमा एक/ एक वटा स्मार्ट सिटी तथा विशेष आर्थिक क्षेत्र बनाउने घोषणा पनि गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);