काठमाडौं, १३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको भावी योजना तथा वैदेशिक नीतिका बारेमा अन्तराष्ट्रिय समुदायलाई ब्रिफिङ गर्ने भएका छन् ।
चार महिना पहिले भएको निर्वाचन पर्यवेक्षण सम्बन्धमा युरोपियन युनियनको प्रतिवेदन विवादको घेरामा परेका बेला प्रधानमन्त्री ओलीले आज सरकारको भावी योजना तथा वैदेशिक नीतिका बारेमा अन्तराष्ट्रिय समुदायलाई ब्रिफिङ गर्ने भएका हुन् । परराष्ट्र मन्त्रालयको संयोजनमा नेपालस्थित कुटनीतिक नियोगका प्रमुख, पदाधिकारी र विकास साझेदारहरुलाई प्रधानमन्त्री निवासमा ब्रिफिङ गर्ने तय भएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकार ५ वर्षसम्म कायम रहने भन्दै नेपालको आर्थिक विकासमा सहयोग गर्न विकास साझेदारहरुलाई सहयोगको आग्रह गर्ने तयारी गरेका छन् ।