शेखरले भने - निर्वाचनमा पराजयको दोष सभापतिले लिनुपर्छ | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८२, बुधवार

शेखरले भने – निर्वाचनमा पराजयको दोष सभापतिले लिनुपर्छ

dr sekhar koirala

काठमाडौं, १३ चैत । कांग्रेसको चुनावी समीक्षा बैठकमा नेताहरू पक्ष र विपक्षमा खुलेर प्रस्तुत भएका छन् ।

संस्थापन पक्षले निर्वाचनमा व्यहोरेको हारबारे सबैले जिम्मा लिनुपर्ने तर्क गरिरहेको छ भने रामचन्द्र पौडेल पक्षसहितका नेताले हारको सम्पूर्ण दोष पार्टी सभापति शेरबहादुर देउवाले लिनुपर्ने तर्क गरिरहेका छन् ।,निर्वाचनमा पार्टी परिचालन भएन, कम्युनिस्टले जस्तो नारा ल्याउन सकेनौँ, भारतको नाकाबन्दी भन्न सकेनौँ, सरकारमा बस्दा काम गर्न सकेनौँ । अर्कोतिर चितवनका कार्यकर्ताले हामीलाई सोध्न थालेका छन्– एकपटक हँसिया हथौडामा भोट हाल्न भन्नुभयो, अर्कोपटक हलोमा ।

अब आउने निर्वाचनमा हामीले केमा भोट हाल्ने र सभापतिजी हामीले कार्यकर्तालाई के जवाफ दिने निर्वाचनमा हारको दोष सभापतिले लिनुपर्छ । मेरो भागमा कति पर्छ म पनि लिन्छु । आजको नयाँ पत्रिकामा यो खबर छ ।