जलविद्युत आयोजनामा चिनीयाँ कम्पनीले सबैभन्दा ठूलो लगानी गर्ने | ईमाउण्टेन समाचार

Our Network

पुष ८ २०८१, सोमबार

जलविद्युत आयोजनामा चिनीयाँ कम्पनीले सबैभन्दा ठूलो लगानी गर्ने

४८ दशमलव ८ मेगावाट क्षमताको खिम्ति २ जलविद्युत आयोजनामा चिनियाँ कम्पनीले ९ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ ।

jal bidhut

काठमाडौं, १२ चैत । ४८ दशमलव ८ मेगावाट क्षमताको खिम्ति २ जलविद्युत आयोजनामा चिनियाँ कम्पनीले ९ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ ।

पिपल्स हाइड्रो लिमिटेड प्रबद्र्धक रहेको खिम्ति २ मा चिनीयाँ कम्पनी छोछुङ वाटर टर्वाइन वक्र्स (सी डब्लु टी डब्ल्लु) ले ९ अर्ब रुपैयाँ लगानी गर्ने भएको हो । निजी क्षेत्र प्रबद्र्धक रहेको जलविद्युत आयोजनामा चिनीयाँ कम्पनीले पहिलोपटक यति ठूलो लगानी गर्न लागेको हो । पिपल्स हाइड्रो र सी डब्लु टी डब्लुबीच लगानी सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार सी डब्लु टी डब्लुले इञ्जिनियरिङ, प्रोक्युरमेन्ट, कन्स्ट्रक्सन र फाइनान्स (इपीसीएफ) मोडलमा आयोजनामा लगानी गर्ने भएको हो । इपीसीएफ मोडलमा निर्माण गर्न लागिएको यो नेपालको पहिलो जलविद्युत आयोजना हो । आयोजनामा यसअघि नै सानिमा बैंकको नेतृत्वमा अन्य नौवटा बैंकले लगानी गर्ने सम्झौता भएकामा तरलता अभावका कारण बैंकहरुले तत्काल रकम उपलब्ध गराउन नसक्ने भएकाले वैकल्पिक उपायस्वरुप चिनियाँ कम्पनी भित्र्याएको पिपल्स हाइड्रोका कार्यकारी अध्यक्ष कृष्ण आचार्यले बताए ।

दोलखा र रामेछापको सीमानामा पर्ने १० अर्ब रुपैयाँ लागतको आयोजना तीन वर्षभित्र निर्माण गरिने छ । सम्झौता अनुसार पिपल्स इनर्जीले विद्युत उत्पादन सुरु भएको ७ सय दिनपछि सी डब्लु टी डब्लुलाई लगानी फिर्ता गर्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);