एजेन्सी , ११ चैत । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले उत्तर कोरिया संसारकै लागि ठूलो त्रास भएको टिप्पणी गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङबीच भेटवार्ता हुने बहस भइरहेका बेला जापान भ्रमणमा पुगेका अमेरेकी पूर्वराष्ट्रपति ओबामाको यस्तो भनाइ आएको हो ।
उत्तर कोरियाले आणविक अस्त्रहरुको उत्पादन र परीक्षण गर्ने गरिरहेकाले यो एसियाका लागि मात्र नभएर संसारकै लागि ठूलो त्रास बनेको ओबामाको भनाइ छ । उनले उत्तर कोरियाले आणविक कार्यक्रमहरु जारी राख्दै धम्कि दिइरहे पनि समाधानका लागि कुनै पहल नभएको बताए ।