२५ साउन, भक्तपुर । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई अस्पतालबाट टिस्चार्ज भएका छन् । भक्तपुरमा रहेको नागरिक कम्युनिटी अस्पतालमा नेता भट्टराईले गत शुक्रबार प्रोष्टेटको शल्यक्रिया गरेका थिए ।
उनी चिकित्सकको निगरानीमा बसेर अस्पतालमै उपचाररत थिए । उनको स्वास्थ्यमा क्रमिक सुधार आएपछि आज डिस्चार्ज भएका हुन् । उनलार्ई दुई हप्ता घरमै बसेर आराम गर्न चिकित्सकले सल्लाह दिएका छन् ।
अस्पतालमा आज आयोजित पत्रकार सम्मेलनमा उनले स्वास्थ्य उपचारका क्रममा ६५ हजार रुपैयाँ खर्च लागेको र औषधिमा २० हजार खर्च भएको बताए ।
स्वास्थ्य उपचार गर्दा लागेको सबै खर्च आफैँले व्यहोर्ने र राज्यबाट कुनै पनि आर्थिक सहयोग नलिने उनले जानकारी दिए । सम्भव भएसम्म सबै विशिष्ट व्यक्तिहरुले स्वदेशमा नै उपचार गर्नुपर्नेमा उनले जोड दिए ।