सडक निर्माणले पुर्णता नपाउदा नगरकोट क्षेत्र पनि प्रभावित | ईमाउण्टेन समाचार

Our Network

साउन २६ २०८१, शनिबार

कमल न्यौपाने , साउन २५ , काठमाण्डौँ । देशको राजधानी देखि ग्रामिण भेगसम्मको अहिले मुख्य समस्याको विषय बनेको छ सडक । सडकमा परेका खाल्डाखुल्डी र सडक विस्तारका लागि थालिएका काम समयमै पुरा नहँुदा सर्वसाधारण सास्ती भोग्न बाध्य छन् । सडक निर्माणले पूर्णता पाउन नसक्दा अहिले पर्यटकीय क्षेत्र नगरकोट पनि यस्तै समस्यामा रुमलिएको छ ।

तीन बर्षअघि विस्तार थालिएका भक्तपुरको कमलविनायकदेखि नगरकोटसम्मको १६ किलोमिटर सडकले लामो समयसम्म पूर्णता पाउन नसक्दा स्थानीयहरुले सास्ती खेप्न बाध्य छन् । सडक निर्माण समयमै सम्पन्न नहुदाँ पैदलयात्री देखि सवारी चालकसम्म सास्ती खेप्न बाध्य भएका हुन् ।सडक निर्माणले छिटै पूर्णता पाए धुलो र हिलोको समस्याबाट मुक्त हुने स्थानीय बताउछन् ।

सडक निर्माणको जिम्मेवारी लिएको शैलुङ कन्ट्रक्शन प्रालिका इन्जिनियर श्याम विसी आगामी असार मसान्तसम्ममा काम पुरा हुने बताउनुहुन्छ । स्थानीय युवाले मजदुरहरुलाई त्रसाउने र धम्की दिने गर्नुका साथै नेपाल टेलिकम र विद्युत प्राधिकरणले पोलहरु नसार्दा काममा केही ढिलाई भएको विसी स्वीकार्नुहुन्छ ।

एक्जिम बैंक इन्डियाको सहयोगमा करिब २८ करोडको लागतमा विस्तार थालिएको यो सडकको आर्थिक वर्ष ०७२÷७३ भित्र सक्ने लक्ष्य रहकोे थियो । तर भूकम्पको कारण देखाउदै ठेकेदारले २०७४ मंसिरसम्म पुरा गर्ने सम्झौता अनुसार म्याद थप गरिएको हो । स्थानीय तहको निर्वाचनका बेला भोट बैंकका रुपमा चर्चामा आएको यो सडक, अहिले ओझेलमा परेको छ ।

पर्यटकीय स्थलका रुपमा परिचित नगरकोटमा समयमै सडक निर्माण नहुनुले स्थानीय त निराश छदैंछन् साथै पर्यटन क्षेत्र समेत प्रभावित भएको छ । विकास निर्माणको काममा निर्माण पक्षको तदारुकता, स्थानीयको सहयोग र प्रशासनको दबाब हुने हो भने यस्ता काम समयमै सपन्न हुनेमा कुनै शंका छैन ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);