स्वाइनफ्लुबाट हालसम्म १० को मृत्यु, ३८१ बिरामी | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

२५ साउन, काठमाडौँ । स्वाइनफ्लुका कारण हालसम्म १० जनाको मृत्यु भएको छ भने ३८१ जना बिरामी परेका छन् । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले व्यवस्थापिका–संसद्को आजको बैठकमा बोल्दै उक्त जानकारी दिएका हुन् ।

सर्वसाधारणलाई मात्र नभएर यो रोग एकजना चिकित्सकलाई पनि लागेको तर उनलाई अहिले निको भइसकेको मन्त्री पोखरेलले बताए । स्वाइनफ्लु रोकथामका लागि स्वास्थ्य मन्त्रालय प्रतिबद्ध रहेको उनले जनाए ।

मन्त्री पोखरेलले देशका सबै स्वास्थ्य संस्थालाई रुघारोकीको निःशुल्क उपचारको व्यवस्था मिलाइएको जनाउँदै आवश्यक रोग नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न  सांसद, सञ्चारकर्मी र सबै सरोकारवाला पक्ष समक्ष आग्रह गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);