'जंक फुड' रोक्न विद्यालयमा भान्सा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

‘जंक फुड’ रोक्न विद्यालयमा भान्सा

school vansa

काठमाडौं, ७ चैत । कक्षाकोठाको पल्लो छेउमा बनाईएको अगेनामा भीमेश्वर नगरपालिका ७ मकैबारीस्थित बाहुनगाउँकी सुशीला काफ्ले आगो सल्काउँदैछिन् ।

छेउमै उनकी छिमेकी छत्रछायामा सुवेदी आलु ताछ्दैछिन् ।
केहि बेरमा सुशीलाले अगेनामा भाँडो वसालिन् आलु गेडागुडी भुटेर झोल हालेपछि तरकारी पाक्यो । लगत्तै पिठो मुछेर उनीहरुले रोटी पनि तयार पारे ।

उनीहरुले पकाईतुल्याईसकेको केही बेरमा टिनटिनीनी घण्टि बज्यो । विद्यालयका बालबालिका लाम लागे । सदरमुकाम चरीकोट नजकिको मकैबारी गाउँस्थित आधारभुत विद्यालयमा एउटा कोठामा बनाईएको भान्सामा खाजा पकाउन खटिएका सुशीलाई र छत्रछायाको उदेश्य व्यापार गर्नु भने होईन ।, यो विद्यालयमा दैनिक यसरी नै खाजा पाक्छ ।
विद्यालयमै पुगेर आफ्ना अभिभावकले पकाएको स्वच्छ खाजा यहाँका विद्यार्थीले खान्छन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);