विजुलीको विल 'स्मार्ट सिस्टम'बाट तिर्ने व्यवस्था गर्न जरुरी : घिसिङ | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

विजुलीको विल ‘स्मार्ट सिस्टम’बाट तिर्ने व्यवस्था गर्न जरुरी : घिसिङ

काठमाडौं, ५ फागुन । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अब विजुलीको विल स्मार्ट सिस्टमबाट तिर्ने व्यवस्था गर्न जरुरी रहेको बताएका छन् ।

उर्जामन्त्री वर्षमान पुनलाई स्वागत तथा ब्रिफिङ्ग कार्यक्रममा बोल्दै उनले विद्युत प्राधिकरण प्रविधी मैत्री बन्न नसक्नु नै घाटाको पहिलो कारण भएकाले स्मार्ट सिस्टम शुरु गर्नुपर्ने बताएका हुन् । मिटर रिडिङको लागि धेरैजना कर्मचारी तलव खुवाएर राख्नुपर्ने र उनीहरुले रिडिङग गरेको विलमा समेत कैफियत हुने भएकोले तुरुन्त नेपाल टेलिकम जस्तै प्रविधी मैत्री भुक्तानी प्रणाली बनाउनु पर्नेमा उनको जाेड छ ।

उनले विद्युत महसुल दर लामो समयदेखि समायोजन हुन नसकेकाले समायोजन गर्नुपर्ने, प्राधिकरणले लिएको बैदेशिक श्रोतको ऋणको व्याज घटाउनुपर्ने, प्राधिकरणमा जनशक्ति अभाव भएकाले जनशक्ति व्यवस्थापन गर्नुपर्ने र प्राधिकरणलाई सुरक्षित गर्नुपर्ने आवश्यकता रहेको बताए ।

यी समस्या समाधान गरियो भने विद्युत प्राधिकरणमा टेलिकममा जस्तै २५ प्रतिशत जनताको सेयर लगानी गर्न सकिने उनको भनाई छ । प्राधिकरणले २५ प्रतिशत सेयर सर्वसाधारणलाई दिन सक्ने प्रावधान राखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);