गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल्: पर्ख र हेरको अवस्थामा एडीबी ! | ईमाउण्टेन समाचार

Our Network

असार ७ २०८३, सोमबार

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल्: पर्ख र हेरको अवस्थामा एडीबी !

airport

काठमाडौं, ५ चैत । राष्ट्रिय गौरवको गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सबैभन्दा बढी लगानी गर्दै आएको एसियाली विकास बैंक एडीबी पर्ख र हेरको अवस्थामा पुगेको छ। एडीबीले आयोजनाको काम सन्तोषजनक नभएको भन्दै गत जनवरीदेखि रोकेको पैसा दिन काम गरेर देखाउन नेपाल सरकारसँग नयाँ प्रस्ताव राखेको छ।

प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले काम तीव्र गतिमा अगाडि बढाएर देखाउन एडीबीले समय दिएको बताए। उनले भने, ‘अब हामीले गरेको कामका आधारमा एडीबीले भुक्तानीको विषय टुंयाउँछ।’ ६ अर्ब २२ करोड ५१ लाख २० हजार रुपैया“ लगानीमा निर्माणाधीन गौतम बुद्ध विमानस्थलमा एडीबीको ४०.५ प्रतिशत ऋण र १८ प्रतिशत अनुदान लगानी छ।

यस्तै ओपेक फन्ड फर इन्टरनेसनल डेमलपमेन्टको ३०.५ प्रतिशत र थप ११ प्रतिशत तथा मूल्य अभिवृद्धि कर नेपाल सरकारले लगानी गर्ने हो। एडीबीले एक अर्ब ५० करोड भुक्तानी गरिसकेकेको छ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

ताजा समाचार