एडीबीले नेपाललाई साढे ६ अर्ब ऋण दिने | ईमाउण्टेन समाचार

Our Network

जेठ १९ २०८१, शनिबार

एडीबीले नेपाललाई साढे ६ अर्ब ऋण दिने

ADB-Asian-Development-Bank

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई साढे ६ अर्ब ऋण दिने भएको छ ।

नेपालको आन्तरिक तथा बाह्य व्यापार सम्बन्धी नीतिगत सुधार योजना कार्यान्वयनमा खर्च गर्न एडीबीले ५ करोड अमेरिकी डलर अर्थात ६ अर्ब ६० करोड रुपैयाँ ऋण स्वीकृत गरेको हो । अहिले नेपालको जीडीपीमा व्यापार र उद्योगको योगदान १४ दशमलव १ प्रतिशत रहेको छ ।

जीडीपीमा व्यापारको हिस्सा बढाउने लक्ष्यमा यो सहायता उपयोग गरिने छ । व्यापार र उद्योग क्षेत्रको विकासले प्रतिस्पर्धा बढाउने र यसले समग्र मुलुकलाई आर्थिक वृद्धितर्फ लैजान मद्दत गर्ने छ । सुधारिएको व्यापार सहजीकरणले निर्यात बढाउन र नेपालको भुक्तानी सन्तुलनलाई सम्बोधन गर्न समेत मद्दत गर्ने समेत बताईएको छ । यो सहायताले भन्सार प्रशासनलाई डिजिटल प्रविधिमा लैजान समेत भूमिका खेल्ने बताइएको छ ।

सरकारले कार्यान्वयनमा ल्याएको भन्सार सुधार र आधुनिकीकरण योजना कार्यान्वयनमा यो ऋण उपयोग हुने छ । भन्सार क्लियरेन्सलाई सहज बनाउन र भन्सार मूल्यांकन डाटा बेस स्थापना गर्न तथा निर्यातमा कागजको प्रयोग घटाउन समेत भूमिका खेल्ने एडीबीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);