प्राइम–टाइल्स विथ स्टाइल नेपाली बजारमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

प्राइम–टाइल्स विथ स्टाइल नेपाली बजारमा

काठमाडौं । प्राइम सेरामिक्स प्रा.लि.ले २ अर्ब लगानीमा प्राइम– टाइल्स विथ स्टाइल उत्पादन बिहीवारदेखि नेपाली बजारमा ल्याएको छ ।

बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कम्पनीले आफ्नो उत्पादन प्राइम–टाइल्स विथ स्टाइललाई बिक्री वितरणमा ल्याएको जानकारी गराएको हो । कम्पनीले बिहीवारदेखि प्राइम– टाइल्स विथ स्टाइल औपचारिक रूपमा अब नेपाली बजारमा पाइने भएको छ । पत्रकार सम्मेलनमा कम्पनीका अध्यक्ष आशिष गर्गले अबदेखि देशभर प्राइम टायल पाउने बताउनु भयो । उहाँले ५० प्रतिशत स्वेदेशी माटो प्रयोग भई उत्पादन हुने टायल नेपालका लागि उपयुक्त हुने बताउनु भयो। उहाँले वार्षिक १५ अर्ब रुपैयाँबराबरको टायल नेपालमा आयात हुने गरेको बताउनु भयो ।

उहाँले ढुवानी खर्च, उच्च भन्सार दर र अन्य अतिरिक्त खर्चका कारण टायल आम नेपाली उपभोक्ताको लागि अत्याधिक महँगो र पहुँचभन्दा बाहिर रहेको भन्दै अब प्राइम सेरामिक्सले उत्पादन गर्ने प्राइम– टाइल्स विथ स्टाइलले देशको कुल खपतको एक–चौथाइ माग पूरा गर्ने विश्वास लिएको बताउनु भयो। उहाँले कम्पनीले वार्षिक उत्पादन गर्ने टायलले आयात कम गर्ने पनि बताउनु भयो। अध्यक्ष गर्गले आयातित टायलभन्दा १५–२० प्रतिशत सस्तो मूल्यमा टायल उपलब्ध गराउने प्रतिवद्धता जनाउनु भयो । उहाँले उधोगले आयात प्रस्थिापन गर्ने, विदेशी मुद्रा बाहिरिनबाट रोक्ने, रोजगारीको सिर्जना गर्ने बताउनु भयो । उहाँले स्वदेशी माटो र अन्य कच्चा पदार्थको प्रयोग गरी आयातित टायल जस्तै गुणस्तरीय रहेकाले उपभोक्तालाई सहज हुने बताउनु भयो।

उहाँले दुई दशकदेखि टायलको व्यापार गर्दै आएको आयातलाई प्रतिस्थापन र स्वदेशमै उत्पादन गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको बताउनु भयो। उहाँले नविन तथा आकर्षक डिजाइनयुक्त टायलको उत्पादनद्वारा टायल बजारलाई नै पुनः परिभाषित गर्ने सोचसहित प्राइम सेरामिक्सले अत्याधुनिक इटालियन प्रविधिद्वारा उद्योगको स्थापना गरेको बताउनु भयो। विश्वमा सेरामिक प्रविधिमा अब्बल इटालियन बहुराष्ट्रिय कम्पनी सक्मीको सम्पूर्ण मेसिन प्रयोग गरेको यस उद्योगको उत्पादन गुणस्तरको हिसाबले कुनै पनि तवरले कम नरहेको र अन्य अन्तर्राष्ट्रिय ब्रान्डसँग समेत प्रतिष्पर्धा गर्नसक्ने क्षमताको रहेको छ । कम्पनीले आम नेपालीको सुन्दर घरको सपनालाई कुनै न कुनै तरिकाले यस उद्योगले पूरा गर्ने विश्वास लिएको छ । दैनिक डेढ लाख वर्गफिट उत्पादन क्षमता रहेको यस उद्योगले ३ सय जनालाई रोजगारी दिएको जनाएको छ ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);