वर्लपुलका नयाँ मोडलका सामानहरु नेपाली बजारमा | ईमाउण्टेन समाचार

Our Network

चैत २५ २०८२, बिहीबार

साउन २४ , काठमाण्डौँ । घरायसी प्रयोगका सामान उत्पादन गर्ने कम्पनी वर्लपुलले नयाँ मोडलका वासिङ मेसिन, फ्रिजलगायतका सामान नेपाली बजारमा ल्याएको छ ।

मंगलबार ललितपुरको नेपा हिमा प्रालिले पत्रकार सम्मेलन गर्दै वाटर प्युरिफायर, युरोपेली वासिङ मेशिन र फ्रिजहरु नेपाली बजारमा ल्याएको जानकारी गराएको हो । नयाँ मोडलको प्युराट्रोन वाटर प्युरिफायरले पानी खेर नफाली पोषक तत्वलाई जोगाएर शुद्धिकरण गर्ने कम्पनीले जनाएको छ । फ्रिज तथा वासिङ मेसिन पनि उत्कृष्ट रहेको कम्पनीको दाबी छ । संयुक्त राज्य अमेरिकाको मिसिगनस्थित वर्लपुलले दुई दशक अघिदेखि आफ्ना उत्पादन नेपाली बजारमा ल्याएको छ ।