फोरमलाई परराष्ट्र र सहरी विकास मन्त्रालय प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

फोरमलाई परराष्ट्र र सहरी विकास मन्त्रालय प्रस्ताव

oli

काठमाडौं, २ चैत । प्रधानमन्त्री केपी ओलीले दुई दिनभित्रै सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । सरकार गठन भएको एक महिनापछि उनले संघीय समाजवादी फोरमलाई समेत समेट्दै सरकारलाई पूर्णता दिन लागेका हुन् ।

राष्ट्रपति, सभामुख र उपसभामुखको निर्वाचनपछि सरकारलाई पूर्णता दिने योजना बनेपछि संघीय समाजवादी फोरमसँग राजनीतिक सहमति गर्ने तयारी लम्बिएको थियो । एमालेले प्रधानमन्त्री कार्यालयसहित १० तथा माओवादीले ७ मन्त्रालय राखेर फोरमलाई परराष्ट्र र सहरी विकास मन्त्रालयसँगै एक राज्यमन्त्री दिने प्रधानमन्त्री ओली र प्रचण्डबीच मोटामोटी समझदारी भएको छ ।

यो समझदारीलगत्तै फोरमसँग राजनीतिक सहमतिका लागि अन्तिम ‘निर्णायक वार्ता’ टुंग्याएर सरकारलाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री लागेको उनीनिकट एक नेताले बताए ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);