मन्त्री भेटेपछि बंगलादेशी घाइतेका आँखामा खुसी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मन्त्री भेटेपछि बंगलादेशी घाइतेका आँखामा खुसी

काठमाडौं, ३० फागुन । नर्भिक अस्पतालको आइसियु कक्ष । जहाँ नेपालको त्रिभुवनविमानस्थलमा सोमबार दुर्घटनाग्रस्त युएस–बांगला एयरको जहाज दुर्घटनाका एक घाइते यकुवाली उपचाररत छन् । उपचाररत उनलाई भेट्न उनका परिवारजन आइपुगेका छैनन् । तर मंगलबार अचानक आइपुगेका बंगलादेशका नागरिक उड्डयन तथा पर्यटन मन्त्री एकेएम शाह जाह कमालले थपथपाउँदै सोधे,‘आर यु ओके ?’ शैड्ढयामा उपचाररत यकुवालीका निराश आँखामा चमक देखियो । नाकमा अक्सिजन रहातमा औषधिको सलाइन लगाएका उनले ओठमा हाँसो ल्याउन खोज्दै ‘ठीक छु’ भन्ने इसारा गरे ।

भयानक दुर्घटनाको त्रासदी र बिरामी अवस्थामा एक्लो रहनुको पीडा आफ्नो देशका मन्त्री देखेपछि उनले केही बेरका लागि भुले । दुर्घटनामा परेका घाइते भेट्न बंगलादेशीमन्त्री अस्पतालमै पुग्दा बिरामीले राहत महसुस गरे । मन्त्री कमालले बिरामीको स्वास्थ्य अवस्था बारे जानकरी लिए । टाउको र खुट्टामा चोट लागेका यकुवाली खतरामुक्त रहेको अस्पतालले जनाएको छ । अन्य बिरामी सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत छन् ।

मन्त्री कमालले बिरामी भेटेपछि नेपाल सरकारले बंगालादेशी घाइतेको उपचारमा कुनै कसर बाँकी नराखेको बताए । उनले नागरिकसँगको भेटमा नेपाल सरकारले बंगालदेशी बिरामीको उपचारमा उत्कृष्ट स्वास्थ्य सेवा उपलब्ध गराएकोमा खुसीव्यक्त गरे । तर थुप्रै नेपाली र बंगलादेशीले दुर्घटनामा ज्यान गुमाएकोमा उनले शोक व्यक्त गरे ।

मन्त्री कमालले घटनाबारे विस्तृत जनकारी लिने उद्देश्यअनुसार नेपालको नागरिक उड्ययन प्राधिकरण र बंगालदेशको नागरिक उड्ययनको संयुक्त कार्यक्रममा सहभागिता जनाएर सत्यतथ्य विषयवस्तुबारे बुझ्ने कार्यक्रम रहेको जनाए ।

‘नेपाल सरकारको सहयोग निकै सन्तोषजनक रहेको मैले पाएँ,’मन्त्री कमालले नागरिकसँग भने, ‘नेपाल सरकाले हाम्रा घाइते नागरिकलाई उत्कृष्ट स्वास्थ्य सेवा उपलब्ध गराएकोमा धन्यवाद दिन चाहन्छौं । साथै, दुर्घटनाको छानबिनमा बंगलादेश सरकारको पूर्ण सहयोग रहनेछ।

आफूलाई बिर्सेर अरुलाई बचाए

सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटनामा परेको यु–एस बांगला एयरमा सवार सनम शाक्य दुर्घटनालगत्तै छेउको सीसा फोडेर जसोतसो बाहिर निस्के । आफू बाहिर निस्केलगत्तै विमानभित्र बसेका छेउकै साथी जयराम ताम्राकारको खल्तीबाट मोबाइल झिकेर सहयोगकालागि फोन लगाउन थाले। उनले सकेसम्म विमानभित्र सास चलिरहेको दुवै लहरका चारसाथीलाई विमानबाट बाहिर तान्न थाले र चार जनाजनालाई जीवितै बाहिर निकाले ।

‘बिमान बाहिर निस्केपछि जीवितसाथीहरूलाई झ्यालबाट बाहिर निकालेर बचाउनतिर लागेँ,’ ३३ वर्षीय सनमले मंगलबार नर्भिक अस्पतालको बेडबाट भनिरहँदा उनी घटना सम्झेर झसंग हुन्थे,‘आँखै अगाडिचारपटक बम पड्के जस्तै विमान विस्फोट भएको देख्दा मन त्रसित बनिरहेको थियो,’उनले थपे, ‘साथीलाई बाहिर निकालेपछि बल्ल घर सम्झे र श्रीमतीलाई फोन गरेर आफू सुरक्षित भएको बताएँ।’

३३ वर्षीय सनम मंगलबार अस्पतालमा आफन्तसँग भेटिए । उनले आफन्तलाई पनि घटनाको वृत्तान्त सुनाउनुका साथै भावुक भइरहेका थिए । उनीसँगै रहेको श्रीमती सुभान्जली पनि श्रीमान्का कुरासुनेर भावुक बनेकी थिइन् । दुई दाजुभाइमा जेठो छोरा सनमले आफ्ना खुट्टा र टाउकोमा लागेको चोट बिर्सेर जीवित उद्धार गरेका साथीलाई एक–एकगरी गाडीमा राखेर अस्पताल पठाउन थालेको दृश्य सम्झेर उनी झसंग हुन्छन् ।

‘दुर्घटनापूर्व विमानमा अलिअलि गडबड भएको भान हुनासाथ यात्रुहरू भगवान र बंगलाादेशीहरू अल्लाहको नाम लिएर चिच्चाउन थालेको देख्दा म त्रसित भइसकेको थिएँ,’उनले भने, ‘त्यसपछि जहाजमा आगो बल्न थाल्यो । धेरै जना चिच्याउन र कराउन थाले।’

अस्पतालमा भेटिएकी श्रीमती सुभान्जली भने श्रीमान्ले पुनः जन्म पाएकोमा खुसी थिइन् । श्रीमान् सनम सधैं टोलीसँगै बंगलादेश जाने र आउने गरेका थिए । त्यस दिन पनि श्रीमान् आफैँ घर फर्किन्छन् भन्ने आसमा घर बसेको उनले सुनाइन् । ‘तर उहाँले फोन गरेर प्लेन क्र्यास भयो र म बाँचे भन्दा सामान्य होला भन्ने ठोनेँ,’श्रीमती सुभान्जलीले नागरिकसँग सुनाइन्, ‘तर पछि पो ठूलो दुर्घटना भएको थाह पाएपछि म आत्तिएँ।’

सनमका बुवा शम्भुरत्न शाक्यले छोरोलाई नेवारी परम्पराअनुसार घरमा सगुन दिने तयारी भइरहेको जनाए । अस्पतालले सनमलाई मंगलबार डिस्चार्ज गरेपछि उनी तुरुन्तै घर फर्केनन् ।अस्पतालमा रहेका घाइते साथीहरूवसन्त बोहोरा र आशिष रञ्जितलाई भेटेर मात्र फर्के।

काठमाडौंबाट युएस–बंगाला एयरले नेपालका उत्कृष्ट १४ टिकट बिक्रेता एजेन्सीलाई सम्मान गर्न बंगालदेश लगेको थियो । सम्मानपश्चात्१४ जनामध्ये २ जना सोमबारै नेपाल फर्केका थिए भने १२ जना मंगलबार फर्कंदै थिए । लक्की ट्राभल्सका प्रबन्ध निर्देशक सनम शाक्य टिकट सेलरको उत्कृष्ट पाँचमा परेका हुन्।

अस्पतालमा मंगलबारै ट्राभल्स एजेन्सीका घाइतेभेट्न पुगेका पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐर र वरिष्ठ निर्देशक नन्दिलाहें थापाका संयुक्त टोलीले घाइतेसँग भेट गरी स्वास्थ्य स्थीतिबारे बुझेका थिए ।

दुर्घटनामा बाँचेका ट्राभल्स एजेन्सीका मुस्कान ट्राभल्स एन्ड टुर्सका दयाराम ताम्राकार,बोन ट्राभल्स एन्ड टुरका विनोदराज पौडेल, ओशो वल्र्ड ट्राभल नेपालका किशोर त्रिपाठी,मस्र्याङदी ट्राभल एन्ड टुर्सका हरिप्रसाद सुवेदी, सि लिंक ट्राभल्स एन्ड टुर्सका दिनेश हुमागार्इं, रेन्बो ट्राभल्स एन्ड टुर्सका आशिष रञ्जितकार लक्की ट्राभल्स एन्ड टुर्सका सनम शाक्य, रसविता इन्टरनेसनल ट्राभल्स एन्ड टुर्सका वसन्त बोहरा र फ्लाइट कनेक्सन इन्टरनेसनलका केशव पाण्डे रहेका छन् ।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);