राष्ट्रपतिमा विद्यादेवी भण्डारी पुन: निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

माघ ९ २०८१, बुधवार

राष्ट्रपतिमा विद्यादेवी भण्डारी पुन: निर्वाचित

bidhya_devi_bhandari

काठमाडौँ, २९ फागुन । कांग्रेस उम्मेदवार कुमारीलक्ष्मी राईलाई पराजित गर्दै राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित भएकी छन् ।   राष्ट्रपतिमा निर्वाचन भएसँगै भण्डारीको दोस्रो कार्यकाल सुरु हुनेछ । भण्डारी वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी थिइन् ।

भण्डारीले ३९ हजार २ सय ७५ मत प्राप्त गरेकी छन् भने उनकी निकटतम प्रतिद्वन्दी कुमारी लक्ष्मी राईले ११ हजार ७ सय ३० मत पाएकी छन् । बानेश्वरस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा आज शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रुपमा मतदान सम्पन्न भएको थियो ।

३२६ जना संघीय संसदका सदस्यहरु र ५३६ जना प्रदेश सभाका सदस्यहरु गरी कूल जम्मा ८६२ जना (९७.९५ प्रतिशत) सदस्यहरुले उत्साहजनक रुपमा मतदानमा भाग लिएका थिए । मतगणना कार्य ४ वजेदेखि शुरु भएको थियो ।

निर्वाचन आयोगका अनुसार संघीय संसद्का कूल ३३१ सांसदमध्ये डा. बाबुराम भट्टराई, जितेन्द्रनारायण देव, प्रेम सुवाल, रमेश यादव र रेशमलाल चौधरी मतदानमा अनुपस्थित भएका थिए । यस्तै, प्रदेशसभातर्फका कूल ५४९ प्रदेशसभा सदस्यमध्ये ५३६ जनाले मतदान गरेका थिए ।

विहान ठिक १० वजेबाट शुरु भएको मतदान कार्य दिउँसो ३ वजे सकिएको थियो । राष्ट्रपतिको निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेसकी पूर्वसांसद कुमारीलक्ष्मी राई प्रतिष्पर्धामा थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);