विमानस्थलभित्र गाडी चलाउने सिजन बयम्बु यसो भन्छन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

विमानस्थलभित्र गाडी चलाउने सिजन बयम्बु यसो भन्छन्

plane khseyo

काठमाडौं, २९ फागुन । म विमानस्थलमा ‘लाइट’ गाडी चलाउँछु । सोमबार दिनको २ बजेतिर डोमेस्टिक एभियसनतर्फको मूलगेटमै थिएँ । माथिबाट चट्याङ परेजस्तो अवाज आयो । आवाज डरलाग्दो थियो । माथि हेरेँ, ठूलो जहाज रूखै छोला–छोलाजस्तो गरी बत्तिदै गरेको देखेँ । सारै डर लाग्यो । भागौँ झैँ लाग्यो । तर, भाग्न सकिनँ, हेरेर बसेँ ।

जहाज डोमेस्टिक एभियसनतर्फ रहेको सेनाको ब्यारेकमाथिबाट आउँदै थियो । जहाजले ब्यारेकको मूलगेटनजिकै रोपिएको धुपीको रूख झन्डै छोयो । बत्तिँदै डोमेस्टिक एभियसनको छानातर्फ अघि बढ्यो । छाना नै छोला–छोलाझैँ देखियो । तर, छोएन । जहाज अघि बढ्यो ।

छानाभन्दा ठीक अघि बत्तीका ठूला–ठूला पोल छन् । जहाज त्यही पोलमा ठोकिएलाझैँ भयोे । तर, पोललाई छोएन । जहाज रनवेतर्फ अघि बढ्यो । रनवेमा ल्यान्ड गर्नासाथ ठूलो आवाज निस्कियो । त्यहीवेला कालो धुवाँ पनि सँगै आयो । एकछिनपछि आगो बलेको देखियो, जहाज अघि बढ्यो, तर धुवाँ र आगो आउन रोकिएन ।

त्यसपछि जहाज दक्षिण–पूर्वतर्फ हुत्तिँदै गयो । केही पर पुगेर रोकिएको देखियो । जहाजबाट अब अवाज आउन बन्द भयो । तर, धुवाँको मुस्लो देखियो । केहीबेर त धुवाँको मुस्लोले आकाश नै ढाक्यो । करिब २० मिनेटसम्म आकाश धुवाँले ढाकेको थियो । आजको नयाँ पत्रिकामा खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);