काठमाडौं, २८ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको एक विमानमा आज दिउँसो १४ः२० बजे आगो लाग्दा घाइते भएका यात्रुको उद्धार भइरहेको छ ।
विमानमा चालक दलका ४ सदस्य सहित ७१ जना यात्रु रहेको बताइएको छ । विमानमा रहेका सात जनाको उद्दार गरिएको छ । उद्धार गरिएका यात्रुलाई नजिकको अस्पतालहरुमा पठाइएको छ ।
धावन मार्गमा अवतरण हुनुभन्दा पहिल्यै जहाजमा आगो लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।