काठमाडौं, २८ फागुन । सवोच्च अदालतका न्यायाधीश चोलेन्द्र शमसेर जबराले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली सहितको पूर्ण इजलास वहिष्कार गरेका छन ।
न्यायाधीश जबराले कान्तिपुरविरुद्धको अदालतको अवहेलना मुद्दाको सुनुवाईका लागि प्रधानन्यायाधीश पराजुलीको नेतृत्वमा बोलाइएको पूर्ण इजलाश वहिष्कार गरेका हुन । न्यायाधीश जबराले फरक मत प्रस्तुत गरेपछि इजलाश नै स्थगित भएको छ ।
न्यायाधीश जबराले प्रधानन्यायाधीश पराजुलीको जन्ममिति अनुसार उनले गत साउनमा नै अवकाश पाइसक्नुपर्ने भन्दै अवकाश पाइसक्नुपर्ने व्यक्तिको साथमा बसेर न्यायसम्पादन गर्न नसक्ने उल्लेख गरेका छन ।