राष्ट्रिय सभाका अध्यक्षका लागि आज उम्मेदवारी दर्ता | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

राष्ट्रिय सभाका अध्यक्षका लागि आज उम्मेदवारी दर्ता

राष्ट्रिय सभाका अध्यक्षका लागि आज उम्मेदवारी दर्ता गराईंदै छ ।

sava rastriya

काठमाडौं, २८ फागुन । राष्ट्रिय सभाका अध्यक्षका लागि आज उम्मेदवारी दर्ता गराईंदै छ ।

संघीय संसद भवनमा उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि अपरान्ह १ बजेसम्मको समय तोकिएको छ । तर अहिलेसम्म अध्यक्षका उम्मेदवारको टुंगो लागेको छैन । राष्ट्रिय सभामा वाम गठबन्धनको बहुमत रहेकाले गठबन्धनका उम्मेदवारले जित्ने निश्चित छ गठबन्धनमा नेकपा एमालेले अध्यक्ष लिने सहमति यसअघि नै भइसकेको छ ।

एमालेमा परशुराम मेघी गुरुङ, गणेश तिमल्सिना, सुमन प्याकुरेल, बलराम बास्कोटा, खिमलाल भट्टराई र शेरबहादुर कुँवरको नाम अध्यक्षका उम्मेदवारको रुपमा चर्चामा छ । तर एमालेले उम्मेदवारको नाम टुंगो लगाएको छैन । नेपाली कांग्रेसले भने उम्मेदवारी दर्ता नगराउने भएको छ । राष्ट्रिय सभामा कांग्रेसका १३ जना सांसद छन् । राष्ट्रिय सभाका अध्यक्षको निर्वाचन फागुन ३० गते गर्ने कार्यक्रम छ ।